चिनियाँ राष्ट्रपति सी चिनफिङ केही दिनयता सार्वजनिक रुपमा देखिएनन् । प्रायः सक्रिय रहिरहने उनी नदेखिनुले विभिन्न आशंकाहरु फैलिए ।
चीनमा कोरोना भाइरसको संक्रमण बढिरहँदा चिनफिङ नदेखिंदा कतै उनलाई पनि रोगले समातेको त होइन ? भन्ने सम्मको विषय उठ्यो । केही अन्तर्राष्ट्रिय मिडियाले यसबारे आशंका समेत गरे । विशेषगरी पश्चिमा सञ्चार माध्यमले सी चिनफिङ किन देखिएनन् ? भनी विश्लेषण समेत गरे ।
तर, धेरैको आशंका र हल्लालाई झुटा सावित गर्दै सी चिनफिङ हिजो सार्वजनिक रुपमा देखिए । उनलाई भेट्न कम्बोडियाका प्रधानमन्त्री हुन सेन बेइजिङ पुगेका थिए । चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि हुन सेन बेइजिङ पुग्ने पहिलो विदेशी नेता हुन् । हुन सेनको आगमनबाट सी चिनफिङ निकै खुशी भए । असल साथी आवश्यक पर्दा हुनुपर्ने भन्दै हुन सेनको प्रशंशा गरे ।-एजेन्सीको सहयोगमा Photo Source: Xinhua