Logo

अनुसूचित जाति र जनजातिको व्याख्यालाई भारतीय सर्वोच्चको मान्यता



२६ माघ । भारतीय सर्वोच्च अदालतले सोमबार अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचारको रोकथाम) सम्बन्धी संशोधन कानुनको संवैधानिकतालाई मान्यता दिने फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलामा अनुसूचित जाति एवं अनुसूचित जनजाति विरुद्ध हुने अत्याचारका दोषी व्यक्तिलाई अग्रीम जमानत दिइनु हुन्न भन्ने कानुनी व्यवस्था सही रहेको उल्लेख छ ।

न्यायाधीशहरु अरुण मिश्र, विनित सरन र रविन्द्र भटको संयुक्त इजलासले गत वर्ष अक्टोबरमा संशोधित कानुन विरुद्ध दायर मुद्दा खारेज गरेको हो । संशोधित कानुन बमोजिम अपराधी व्यक्तिलाई तत्काल पक्राउ गर्न र त्यस्ता व्यक्तिलाई अग्रीम जमानत पनि नदिन बाटो खुलेको छ ।

फैसलामा एफआईआर दर्ता गर्नुअघि प्राथमिक जाँच पनि जरुरी नहुने उल्लेख छ । साथै एफआईआर दर्ता गर्नुअघि वरिष्ट प्रहरी अधिकारीको सहमति लिनु पर्ने प्रावधान पनि हटेको छ ।

मोदी सरकारले ल्याएको पछिल्लो व्यवस्थालाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले तत्काल नयाँ कानुन बमोजिम उजुरी गर्नासाथ व्यक्तिलाई गिरफ्तार गर्न र मुद्दा नचलाउन आदेश दिएको थियो ।

अनुसूचित जाति तथा जनजातिका सन्दर्भमा मोदी सरकारले गरेको कानुन संशोधनका विषयमा असहमति जनाउँदै दर्जनौं उजुरी सर्वोच्च अदालतमा परेका थिए । सर्वोच्चको पहिलो आदेशलाई सम्मान गर्दै केन्द्र सरकारले कानुनमा सामयिक सुधार सहित पुनरावलोकन गर्न सर्वोच्च समक्ष निवेदन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्