Logo

दिल्लीमा आम आदमी पार्टीले बहुमत ल्याउने संकेत



एजेन्सी, २८ माघ । दिल्ली विधानसभामा आम आदमी पार्टीले पुनः बहुमत ल्याउने प्रारम्भिक मतगणनाको परिणामले देखाएको छ । अरबिन्द केजरिवाल नेतृत्वको आम आद्मीले ५५ सिटमा अग्रता लिइरहेको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीले १४ सिटमा अग्रता लिइरहेको छ । कँग्रेस आईले मात्र एक सिटमा अग्रता लिइरहेको लिइरहेकोमा उक्त सिटमा आम आदमीले पुनः कँग्रेसलाई पछि पारेको छ । कुल ७० सिटमा ३६ सिट ल्याउनेले बहुमत हासिल गर्नेछ । आम आद्मीले बहुमत हासिल गर्ने संकेत देखिएको छ ।

भाजपाले विधानसभामा पहिलेको चुनावको तुलनामा प्रगति गरेको छ । कँग्रेस भने खस्किएको छ ।



प्रतिक्रिया दिनुहोस्