Logo

भारत र अमेरिका गठबन्धन



काठमाडौं, १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिका कट्टरपन्थी इस्लामिक आतंकवादबाट आफ्नो देशको जनतालाई रक्षा गर्न प्रतिबद्ध रहेको टिप्पणी गरेका छन् । उनले भारतसँगको रक्षा सम्बन्ध महत्वपूर्णरुपमा बिस्तार भइरहेको बताए ।

दुई दिने भ्रमणको क्रममा सोमबार भारत आएका ट्रम्पले अहमदाबादस्थित मोटेरा रङ्गशालामा आयोजित ‘नमस्ते ट्रम्प’समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा राखेको थियो । उनले भारतसँगको ब्यापार सम्झौता शानदार रुपले अगाडि बढिरहेको बताए । उनले व्यक्तिगत् स्वतन्त्रतालाई अँगाल्दै आएको भारत कानूनी शासन, मानवीय गरिमाको उच्च कदर सँगसँगै त्यसप्रित भक्तिभाव देखाउने परम्पराको प्रशंसा गरेका छन् ।  राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पको यो पहिलो भारत भ्रमण हो । यसअघि सन् २०१४ मा भारत भ्रमण गरेका थिए । स्वतन्त्र नागरिकको रुपमा उनले उक्त भ्रमण गरेको थियो । मुम्बईमा त्यत्तिबेला निर्माणाधीन ट्रम्प टावरबारे जानकारी लिन भारत आएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपतिको रुपमा बराक ओबामाले सन् २०१५ मा भारतको भ्रमण गरेको थियो । ट्रम्पलले अमेरिका भारतको वफादार मित्र रहने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै उनले भने, “देश विकासका लागि दिन रात काम गर्ने उहाँ असाधारण नेता हुनुहुन्छ ।”

भारत र अमेरिका आतंकवाद र उक्त विचारधारा विरुद्ध लड्न प्रतिबद्ध रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । उनले भने, “त्यसै कारणले आतंकवादी समूहलाई परास्त गर्न पाकिस्तानसँग आफ्नो सरकार सहकार्य गरिरहेको छ ।” ट्रम्प आफ्नो श्रीमती मेलेनिया, छोरी इभाना र ज्वाँई जरेद कुष्णेरसँगै भारत आइपुगेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्