काठमाडौं, फागुन १५ । जारी च्याम्पियन्स लिग फुटबल अन्तरगत बुधबार राती भएको खेलमा म्यान्चेस्टर सिटीसंग रियल म्याड्रिड २–१ गोल अन्तरले पराजित भएको छ । पहिलो हाप गोलरहित बराबरिमा समेटिएपनि खेलको ६० औँ मिनेटमा म्यानचेस्टरका इस्कोले गोल गर्दे अग्रता दिलाएका थिए । तर, उनको खुसि धेरैबेर टिक्न सकेन् ।
खेलको ७८ औँ मिनेटमा सिटीका ग्याब्रियल जिसुसले गरेको गोलले खेललाई बराबरीमा फर्काउन सफल भएको थियो।
केहिबेर निकै रोमाञ्चक बनेको खेलको पाँच मिनेट बाँकि रहदा पेनाल्टी मार्फत केभिन डि ब्रुयनाले गरेको गोलले सिटिले जित हात पारेको हो ।एजेन्सी