काठमाडौं, फागुन ३०। कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ ।दक्षिण भारतस्थित कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।