काठमाडौं, ३० फागुन । बामदेव प्रकरणले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समयमा सिर्जना गरेको आन्तरिक विवादको निरुपण कसरी हुने भन्ने कौतुहलता सबैमा छ । पछिल्लो समयन नेकपारुपी जेटका दुई पाईलट अध्यक्ष तथा प्रधानमन्त्री के. पि. ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्ड बिच पार्टी्भित्रको गतिविधिको विषयमा भांगिएको मतभेदको किनारा लागी सकेको छैन । मतभेदकै बिच यतिबेला प्रधानमन्त्री ओली मिगौ.ला प्रत्यारोपण पछिको उपचारमा अस्पतालमा रहेकाछन् । प्रधानमन्त्री ओलीले गत फागुन २१ गते बुधबार महाराजगञ्ज स्थित मनमोहन कार्डियो थोरासिक सेण्टरमा दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।
पार्टीका दुई अध्यक्षबिच मनमुटाव बढिरहँदा पार्टी नेतृत्वमा रहेका अन्य नेताले दुइृ अध्यक्षबिचको विवाद मिलाउन सहजकर्ताको भुमिका ननिभाउने हो भने यसबाट सिर्जना हुने स्थिती पार्टीकै लागी समेत दुर्भाग्यपुर्ण हुने निस्चित नै छ । यस्तोमा पार्टीका वरिष्ट नेता माधवकुमार नेपालले दुई नेता बिच सहजकर्ताको भुमिका निभाउँदै गर्दा उनका बारेमा प्रचण्डतर्फ ढल्केको भन्ने तर्कका आधारमा राजनितिकवृत्तमा चर्चा शुरु भएको छ । नेता नेपालको दुई ठूला पार्टी तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गराउने सवालमै पनि महत्वपूर्ण भूमिका रहेको थियो । आफ्नै समेत सकृयतामा एकिकृत भएको पार्टीका दुई अध्यक्ष बिचको पछिल्लो विवादले कतै पार्टीभित्रै अप्रिय दुर्घटना ननिम्त्याओस भन्ने चिन्ताकै आधारमा यतिबेला नेपालले आफुलाई मध्यमार्गीको भूमिकामा प्रकट गरेको उनकै निकटस्थहरु बताउँदछन् । दुई नेता बिचको विवाद निरुपणमा लागेका नेपालसँग स्वयं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रम र आफुले लिएको अडानमा नेपालको साथ खोज्नुले पनि नेपाललाई पार्टी भित्र गुटगत हिसाबले शक्तिशाली देखाएको छ ।
तत्कालीन एमालेभित्र प्रधानमन्त्री ओलीको खास मान्छेको रूपमा नेपाल नै थिए । तर दुई ठुला कम्युनिष्ट पार्टीहरुको एकतापछिको पार्टी्भित्रकै आन्तरिक राजनैतिक परिदृष्यमा नेपाल अध्यक्ष दाहालतिर ढल्किएको आरोप ओली पक्षले लगाउँदै आएको छ । यि आरोपका बावजुद, पार्टी भित्र नेताहरुका बिचमा तीव्र विवाद चलिरहदाँ नेपाल भने मध्यमार्गी भूमिकाबाट अध्यक्ष दाहाल र प्रधानमन्त्री ओली बिचको पुलका रुपमा आफुलाई सक्रिय नै बनाई राखे । पार्टी एकतापछि पनि पुर्व एमालेभित्र रहेको आफ्नो पुरानो गुटलाई शक्तिशाली बनाउने नाममा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बिगतमा प्रचण्डलाई काखी च्यापेर नेपाललाई पाखा पार्न गरिएका प्रयासका सम्बन्धमा गत महिना सम्पन्न केन्द्रिय समितीमा भएको भण्डाफोरले समेत प्रभावित नभएका नेपाल यि सबै कुरालाई बिर्सेर पुनः दुई अध्यक्ष बिचको एकता कायमै हुनु पर्ने अभियानमा जोडिएका छन् ।
ओलीले मात्रै पार्टी भित्र गुट बनाएको भन्दा उनिप्रति अन्याय नै हुन्छ किनपनि भने आफुलाई पार्टीभित्र शक्तीशाली बनाउने ध्याउन्नमा अर्का अध्यक्ष दाहालले पनि आफुलाई सक्रिय बनाएकाछन् । पार्टी्भित्र कार्यकारी भूमिका पाउन उनले त्यहाँ देखाएको धम्कीको राजनीति र पछिल्लो समय गत भदौमा पार्टी अध्यक्षका रुपमा कार्यकारी भुमिका पाए लगत्तै आफ्नो सक्रियता देखाएका अध्यक्ष प्रचण्ड पछिल्लो समय आफैं भने धेरै खुलेका छैनन्, यसका लागी उनले आफ्ना विश्वासपात्रहरुलाई मैदानमा उतारेका छन् । तत्कालीन एमाले खेमाभित्र नेता नेपालको शक्ती बुझेका प्रचण्डले बेला बेला माधव नेपाललाई अगाडि देखाएर खेल्ने खेलकै कारण पुर्व एमालेवृत्त खासगरि ओली खेमामा नेता नेपाल पनि पछिल्लो समय अध्यक्ष दाहाल नजिक भएको हो कि भन्ने आशंका उत्पन्न हुनुलाई अस्वाभाविक मान्न सकिन्न । तर स्वयं नेपाल निकट रहेका नेताहरु नै पनि नेपाल कुन रणनीति लिएर अगाडि बढेकाछन् भन्नेमा आफुहरुनै अनभिज्ञ रहेको बताउँदछन् । तथापी कतिपय नेपाल निकट नेताहरु ओलीको कार्य असतुष्टिकै कारणले नेपाल अध्यक्ष दाहालसँग नजिकिएको जस्तो देखिएको कुरालाई भने स्विकार गर्दछन् । यसैले पनि पछिल्लोसमय नेकपा भित्रै बाट नेपाल माथी बालुवाटार र खुमलटारको दौडमा रहेका उनको आफ्नै स्वार्थ लुकेको आरोप लाग्न सुरु भएको छ।
तत्कालीन एमाले खेमाका झलनाथ खनाल र वामदेव गौतम पनि पार्टी्भित्र ओलीसँग सन्तुष्ट छैनन्। पार्टी्भित्रको भएका पछिल्ला विवादास्पद निर्णयका कारण प्रधानमन्त्री ओलीको पार्टी भित्रको पकड कमजोर हुँदै गएको देखिएको छ । पछिल्लो पटक आफुले विश्वास गरेका ब्यक्तीहरुनै आफु विरुद्धको रणनीति तय गर्न भैँसेपाटीमा भेला भएपछि ओली झस्किएका छन् । जसको परिणाम गृह जिल्ला झापा पुगेर उनले सरकार ढाल्नकै लागी आफूविरुद्ध षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका थिए। उता भैँसेपाटी भेलाकै रणनीतिलाई कार्यरुप दिन प्रचण्डले गौतमलाई संविधान संशोधन गरेरै भएपनि राष्ट्रियसभा हुँदै प्रधानमन्त्री बन्ने बाटो खोल्ने गरि पार्टी सचिवालयमै प्रस्ताव ल्याए । भलै यो प्रस्तावले आकार नलिंदै तुहुनु परेको थियो । आफ्नो पहिलो प्रस्ताव खेर गएपछि संविधामन संशोधनको अडान छाडेर प्रचण्डले गौतमलाई राष्ट्रिय सभा सदस्यमा पार्टीका तर्फबाट मनोनयन गर्न शिफरिश गर्ने प्रस्ताव पास गराउन सफल पनि भए । तर राष्ट्रियसभामा गौतमलाई लाने विषयमै प्रधानमन्त्री ओली अनिच्छुक देखिए । राष्ट्रपतीबाट मनोनित हुने रिक्त एक सिटका लागी उनले डा. युबराज खतिवडालाई बचन दिई सकेको र उनलाई राष्ट्रिय सभामा मनोनित गरेर अर्थमन्त्रीकै रुपमा निरनतरता दिने आफ्नो अडान दोहा¥याएकै कारण यतिबेला गौतम ओलीसँग असन्तुष्ट बनेका छन् ।
आफुलाई पार्टी भित्र शक्तीशाली बनाउनका लागी यतिबेला अध्यक्ष प्रचण्ड ओलीलाई कहाँ प्रहार गर्दा उनि घाईते हुन्छन्, त्यसकै खोजीमा रहेकाछन् । ओलीले आफ्ना पुर्व सहयात्रीलाई पाखा लगाएर बिगत २० महिनासम्म ओलीसँगै टाँस्सिएर बसेका प्रचण्डले ओलीका कमजोरीको राम्रै अध्ययन गरेका थिए । त्यसैले पनि अब उनि ओलीलाई कमजोर गर्नकै लागी कहिले माधव नेपाल त कहिले बामदेवको तुरुप फ्याँकी रहेकाछन् । आफ्ना प्रयासले नेपनललाई पुर्णरुपमा आफ्नो पक्षमा पानै कसरतमा लागेका प्रचण्डले नेपालको विश्वास जित्न नसक्ने देखेर नै हुनसक्दछ पछिल्लो प्रकरणमा उनले बामदेवलाई उचालेकाहुन । जसले यि दुई नेता बिच पार्टी भित्र शक्ति हत्याउकै लागी तानातानको अवस्था शुरु भएको छ। गौतमलाई प्रत्यक्षतर्फ निर्वाचन पराजित भएपछि शक्तिमा ल्याउनकै लागि पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष बनाइएको छ। जुन निर्णयमा ओली सकारात्मक नै थिए । तर पछिल्लो आफैंले प्रस्ताव गरेर उपाध्यक्ष बनाएको ब्यक्त आफ्नै विरुद्ध प्रयोग हुने सम्भावना देखेका ओली गौतमप्रति सतर्क देखिएकाछन् ।
यस्तो समयमा नेता नेपाल प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएको फरक मतलाई मिलाउने कसरतको कारणले बालुवाटार र खुमलटारको दौडमा सक्रिय भएरै लागेका हुन् । यद्यपी भै.सेपाटी प्रकरणकै कारण प्रधानमन्त्री ओली नेपालप्रति आस्वस्त हुन भने सकिरहेकाछैनन् भन्दै नेकपा स्थायी समितीकै एक सदस्यले बताएकाछन्, वामदेव गौतम प्रकरणबाट नेता नेपालसँग प्रधानमन्त्री ओली पछिल्लो समय सम्बन्धमा केही चिसोपना भने देखिएको छ । उनका अनुसार,‘भैँसेपाटी भेलाबाट ओली नेपालसँग चिढिएको भन्दैमा नेपालले तत्कालै दाहालको फेरो समाती हाल्ने स्थितीमा भने छैनन् । उनि आफैं पनि पार्टीको तेश्रो शक्तीशाली खेमालाई प्रतिनिधीत्व गर्दछन् । यस्तै नेता नेपाललाई अध्यक्ष दाहालपट्टि ढल्किएको आरोप लागिरहे पनि पार्टी्भित्र उनको अवस्था स्थिर रहेको नेपाल निकट नेताको दावि रहेको छ ।-विमर्शबाट