Logo

मुस्कुराउँदै डिस्चार्ज भए प्रधानमन्त्री ओली, कुनै प्रतिक्रिया दिएनन्



काठमाडौं, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली हँसिलो मुद्रामा देखिएका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका हुन्।

१२ दिन अस्पताल बसेर फर्किएका ओलीले डिस्चार्ज हुँदा पत्रकारहरूलाई कुनै प्रतिक्रिया भने दिएनन्। उनको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य मिर्गौला प्रत्यारोपण गरिएका अरू बिरामीको जस्तै रहेको बताएका छन्। अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको पेटमा एउटा पाइप राखिएको छ । सरकारी निवास बालुवाटारमा पनि चिकित्सकहरुले प्रधानमन्त्री ओलीको विशेष निगरानी गर्ने भएका छन् । तस्वीरः प्रदीपराज वन्त/रासस



प्रतिक्रिया दिनुहोस्