काठमाडौं, चैत २ । सार्क ब्युँताउने अपेक्षासहित आज सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ गर्देछन् । कोरोनाभाइरसको विश्वव्यापी महामारीको रोकथामका बिषयमा उक्त कन्फरेन्समा छलफल हुने जनाइएको छ । ‘एकले अर्काराष्ट्रसंग मिलेर कसरी रोकथाम गर्ने भन्नेबारे छलफल गर्न सार्क राष्ट्रका नेताहरु आज भिडियो मार्फत जोडिन लागेका हुन ।’ प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराइका अनसार प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने छन्।
उक्त कन्फरेन्समा कोरोनाभाइरसको रोकथाम र कोरोना विरुद्व सार्क राष्ट्र मिलेर अगाडी बढ्ने विषयमा छलफल हुनसक्ने छ । कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट नेपाल समय अनुसार अपराह्न ५ बजे हुने जनाइएको छ ।अवरुद्ध सार्क शिखर सम्मेलन पाँच वर्षदेखि हुन सकेको छैन् ।