Logo

दुई हजार घुस लिने प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा



काठमाडौ चैत्र ५ । धनुषाका एक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई दुई हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । श्री जनता माध्यमिक विद्यालय नकटाजिभ, धनुषाका प्रधानाध्यापक महतो (मा.वि.तृतीय श्रेणी) ले सेवाग्राहीलाई परीक्षाको रजिष्ट्रेशन फारम नभरेकोले फारम भरी प्रवेशपत्र दिने भनी अभिभावकले प्रवेशपत्र लिन जाँदा दुई हजार घुस मागेको सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

घुस लिइसकेको अबस्थामा उक्त रकमसहित उनकै विद्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्