Logo

मन्त्रीहरुको ज्वरो जाँच गरिँदै



काठमाडौं, ११ चैत्र । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा सहभागी हुने क्रममा मन्त्रीहरुको ज्वरो मापन गरिएको थियो । आज मंगलबार समितिको बैठकमा सहभागी हुने क्रममा मन्त्रीहरु प्रदीपकुमार ज्ञवाली र योगेश कुमार भट्टराईको ज्वरो जाँच गरिएको थियो ।

पछिल्लो समय नेपालमा एक जना युवतीमा कोरोनाको संक्रमण देखिएपछि सरकारले कडा कदम चालेको छ । आज विहान ६ बजेटबाट एक साताका लागि लकडाउन समेत गरेको छ । पहिलो दिन जनताले साथ दिएको भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बधाईसमेत दिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

Related News:

‘कर्फ्यू लाग्ने अवस्था छैन’ : मन्त्री खतिवडा

 



प्रतिक्रिया दिनुहोस्