Logo

महालक्ष्मीमा युवा समूहले स्यानिटाइजलाई निरन्तरता दियो



ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिकामा स्यानिटाइजलाई निरन्तरता दिइएको छ । आज पनि नगरपालिकाको टोल टोलमा स्याटिनाइज गरिएको छ ।

नेपाली काँग्रेसका युवा नेता समेत रहेका समाजसेवी विवेककुमार कार्कीको नेतृत्वमा आज पनि स्यानिटाइज भएको हो । आज शंखादेवी, फुलबारी, ढुंगेकोट, ज्यागटा, आरुबोट, डाँडाथोक, भालटार, लामाटार, ढुंगिन बसपार्क, भुजुंगे, लुभु बजार, सिद्धिपुर हुँदै विष्णुडोलसम्म स्यानिटाइज भएको विवेक काकीले जानकारी दिए ।

कोरोना भाइरसको रोकथामका लागि स्थानीय युवाले व्यक्तिगत खर्चमा स्यानिटाइज गर्दै आएका छन् । त्यस क्षेत्रमा स्थानीयले सरसफाईमा विशेष ध्यान दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्