Logo

कोरोना भाइरसः संक्रमित ७४२५५६, मृतक ३५३४४ (देशको सूचीसहित)



एजेन्सी, १७ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साँढे सात लाख नजिक पुगेको छ । मृतक संख्या ३५ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७ लाख ४२ हजार ५ सय ६६ छ । मृतक संख्या ३५ हजार ३ सय ४४ पुगेको छ । १ लाख ५७ हजार ४६ जना निको भएका छन् । तर, संक्रमित र मृतकको संख्या झनै बढ्दैछ ।

विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ । त्यहाँ १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ । युरोपेली देशहरुले चीनलाई उछिन्न थालेका छन् ।

देश         संक्रमित
अमेरिका १४४५६५
इटाली ९७६८९
चीन ८१४७०
स्पेन ८५१९५
जर्मनी ६३९२९
इरान ४१४९५
फ्रान्स ४०१७४
बेलायत १९५२२
स्वीटजरल्यान्ड १५५२६
बेल्जियम ११८९९
बेल्जियम १०८३६
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्