काठमाडौं, ४ बैशाख । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले ७ वटै प्रदेश सभाका उपसभामुखहरुसँग भिडियो कन्फरेन्स सम्वाद गरेकी छिन् । बिहीबार सिंहदरवारस्थित संसद सचिवालयबाट उपाध्यक्ष दाहालले प्रदेशसभाका उपसभामुखहरुसँग भिडियो सम्वाद गरेकी हुन् ।
उक्त भिडियो सम्वादमा प्रदेशसभाका उपसभामुखहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका कार्य, प्रदेश सभाको समन्वय र संघीय संसदमार्फत संघीय सरकारलाई सुझावहरु दिएका थिए । भिडियोमा संवादमा राष्ट्रियसभाका उपाध्यक्ष दाहाल, प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश नम्बर २ का उपसभामुख उपमाकुमारी देव, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले आ–आफ्नो धारणा राखेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम