काठमाडौं, ५ बैशाख । उदयपुरमा १२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा र चितवनमा दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । उदयपुरको मस्जिदमा बसेका १२ जना भारतीयहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ । चिवतनमा पनि दुई जनामा आज कोरोना संक्रमण देखिएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि जारी गरेको सचूनामा भनिएको छ,”हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) अध्यावधिक मिति: २०७७ बैशाख ५ गते।”