Logo

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कुल संख्या ३० पुग्यो



काठमाडौं, ६ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताएका छन् ।

उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ र ६३ वर्षका पुरुषहरू छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । यसैगरी, गोरखापत्रका उदयपुर समाचारदाता भक्तिविलास पोखरेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका १० भारतीय नागरिकमा कोरोना भाइरसको पोजिटिभ आएको भन्ने आधिकारिक पुष्टि हुन अगावै स्थानीय प्रशासनले त्यस क्षेत्रसहित मस्जिदलाई शुक्रबार साँझबाट नियन्त्रणमा लिएको थियो । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्