Logo

लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही



काठमाडौँ, ६ वैशाख । बन्दाबन्दी उल्लङ्घन गरेको अभियोगमा शुक्रबार काठमाडौँ उपत्यकामा ३२५ जना महिलासहित एक हजार ४१४ जनालाई कारबाही गरिएको छ । कारबाहीमा परेका सबैलाई तीन घण्टा सचेतना कक्षा सञ्चालन गरिएको थियो ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ३८० सवारी नियन्त्रणमा परेका छन् । उल्लङ्घन गर्ने सबैलाई सचेतनासहितको कारबाही गरिएको छ । कारबाहीमा परेका सबैलाई तीन घण्टा सचेतना कक्षा सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।

सहकार्य गर्न निर्देशन
यसैबीच बन्दाबन्दी उल्लङ्घन गर्ने सर्वसाधारणलाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सचेतना दिई सहकार्य गर्न निर्देश गरिएको छ । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नागरिकप्रति गरिने व्यवहारमा कहीँ कतै कमी कमजोरी हुन नदिने सो निर्देश गरेका छन् ।

बन्दाबन्दी उल्लङ्घनका नाममा प्रहरीबाट चिकित्सक तथा सर्वसाधारणप्रति गरिएको अभद्र व्यवहार र कुटपिटको चर्को आलोचना भइरहँदा महानगरीय प्रहरी प्रमुख पोखरेलले यस्तो दुःखद परिस्थितिको संयुक्त रूपमा सहकार्य गरी सामना गर्नुपर्नेमा जोड दिएका छन् ।

‘‘तपार्ईंहरू घरभित्रै बसेर बन्दाबन्दीको पूर्ण पालना गरिदिनुहोस, कुनै समस्या परेमा नजिकको प्रहरीलाई खबर गर्नुहोस,’’ प्रहरीले आग्रह गरेको स्पष्ट पारेका छन् । अप्ठेरो परेर खाद्य सामग्री, औषधि, अस्पताल वा राहत लिन कहीँ कतै जाँदै हुनुहुन्छ भने सडकमा खटेका प्रहरीसँंग समन्वय गर्न प्रहरीले अनुरोध गरेको छ ।(गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्