Logo

रिपोर्टर्स नेपालको सनसनीपूर्ण खुलासा: रेणु यादव नेतृत्वमा समाजवादी पार्टी फुटाउने यस्तो योजना



काठमाडौं, ११ वैशाख । रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाउने योजना बनेको छ । । समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीसँग एकीकरण भएको घोषणा हुँदै गर्दा यादवको नेतृत्वमा सात सांसदले फुटाउने निर्णय गरेका हुन् । समाजवादी पार्टी फुट्न लागेको समाचार हिजो विहानै रिपोर्टर्स नेपालले खुलासा गरेको थियो (हेर्नुहोस् सनसनीपूर्ण खुलासा: रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुट्दै, ८ सांसदको हस्ताक्षर तयार)। यसले राजनीतिक तरंग मात्र ल्याएन समाजवादी र राजपाबीच हतारमा एकताको अवस्था समेत निर्माण गर्यो ।

फुटाउने पक्षमा रेणु यादवसहित मोहम्मद इस्तियाक राई, उमाशंकर अरगरिया, प्रदीप यादव, कलुदेवी विश्वकर्मा, डा. सुरेन्द्र यादव र रेणुका गुरुङ छन् । सदस्य संख्या ७ नपुगेपछि डा. सुरेन्द्र यादवलाई मनाइएको थियो । उनलाई मन्त्री पद दिने आश्वासन दिने गरी हस्ताक्षरका लागि ल्याइएको स्रोतले बतायो ।

७ सांसद पुगेमा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश अनुसार समाजवादीको ४० प्रतिशत सांसद संख्या पुग्नेछ । तर, समाजवादी पार्टी र राजपा एक भइसकेको अवस्थामा यसले कानुनी जटिलता ल्याउन सक्छ । निर्वाचन आयोगमा भोलि को पहिले दल दर्ताका लागि पुग्ने भन्ने विषय महत्वपूर्ण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्