Logo

बेलायतले थाल्यो कोरोनाको खोप परीक्षण, को हुन् खोप दिइएका पहिलो व्यक्ति?



१२ वैशाख : युरोपमा अक्सफोर्डले कोरोनाभाइरसको खोप पहिलो पटक मानव परीक्षण शुरु गरेको छ। अध्ययनका लागि भर्ती भएका पहिलो ८०० स्वयंसेवकहरुमध्ये दुईलाई सो खोप दिइएको हो। कुल स्वयंसेवकहरुमध्ये आधाले कोभिड १९ को खोप पाउनेछन् भने आधालाई मेनिन्जाइटिसबाट बचाउने खोप पाउनेछन्।

दुईमध्येकी एक, एलिसा ग्रानाटो एक वैज्ञानिक हुन् र उनी सम्भव भएसम्म वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न इच्छुक थिइन्।
यो खोप अक्सफोर्ड विश्वविद्यालयको टोलीले ३ महिनाभित्र विकास गरेको हो। यस अनुसन्धानको नेतृत्व जेनर इन्ष्टिच्यूटका भ्याक्सिनोलोजी अध्यापीका सारा गिलबर्टले गरेकी थिइन्। ‘व्यक्तिगत हिसाबले म यस खोपप्रति विश्वस्त छुँ’, उनले भनिन्, ‘हामीले यसको परीक्षण गरेर मानिसहरुबाट डाटा लिनुपर्छ। हामीले यो देखाउनु पर्छ कि यसले वास्तवमा काम गर्दछ र कोरोनाले अझै धेरै जनसंख्यालाई असर गर्नुभन्दा अघि यसलाई रोक्छ’।

प्रोफेशस गिलबर्टले पहिले आफु ८० प्रतिशत विश्वस्त रहेको बताएकी थिइन्, तर अहिले उनी यसमा कुनै आँकडा राख्न रुचाउँदिनन्। उनी केबल ‘धेरै आशावादी’ भएको बताउँछिन्।

त्यसोभए खोपले कसरी काम गर्छ?

यो खोप चिम्पाञ्जीको साधारण कोल्ड भाइरस (एडेनोभाइरस भाइरस) को कमजोर संस्करणलाई मानवमा छिटो विकास हुन नसक्ने गरी परिमार्जन गरिएको हो।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्