एजेन्सी, १७ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक डाक्टरले आत्महत्या गरेकी छिन् । न्यूयोर्क–प्रस्बिटेरियन एलेन हस्पिटलमा फ्रन्ट लाइनमा रहेर कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न रहेकी डाकटर लार्ना ब्रीनले आत्महत्या गरेकी हुन् । अस्पतालको इमर्जेन्सी डिपार्टमेन्टको मेडिकल डाइरेक्टरसमेत रहेकी डाक्टर लार्ना ब्रीन बिरामीको उपचारका क्रममा आफै कोििभड–१९ बाट सङ्क्रमित भएपछि आत्महत्या गर्ने मानसिकतामा पुगेकी बताइएको छ ।
उनका बाबु फिलिप ब्रीनले आफ्नी छोरी बहादुरीका साथ बिरामीको उपचारमा संलग्न रहने क्रममा आफै सङ्क्रमित भएको र दुई साता आइसोलेसनमा बसेर उनले रोगलाई जितेको बताएका छन् । यसरी ठिक भएपछि पुनः काममा फर्कंदा अस्पतालले नै उनलाई पुनः घर फर्काइदिएको थियो ।-Photo Source: Agency