Logo

अलविदा ऋषि कपूर



मुम्बई, बैशाख १८ । बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । एक्कासी स्वास्थमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए। ऋषि कपूर गए। अहिले भर्खर बिते। म विक्षिप्त भएको छु ।’

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । भारत फर्केपछि पनि उनी दुई पटक अस्पताल भर्ना भइसकेका थिए ।



प्रतिक्रिया दिनुहोस्