Logo

फोटो पत्रकारहरूका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं, २३ वैशाख । आनी छोयिङ्ग डोल्मा फाउण्डेशन र प्रारम्भ नामक संस्थाले नेपाल फोटो पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गायिका आनी छोयिङ्ग डोल्मा तथा सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले पत्रकारहरूलाई फिल्डमा काम गर्न उपयोगी हुने एन ९० मास्क तथा सेनिटाइजर हस्तान्तरण गरिएको महासंघले जनाएको छ । ती सामाग्रीहरु उपत्यका तथा उपत्यका बाहिरका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई वितरण गर्न शुरु गरिएको महासंघले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्