Logo

७ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिए, संख्या ८२ पुग्यो



काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ८२ पुगेको छ । आज नेपालगञ्जमा नयाँ ७ जना कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पत्ता लागेका संक्रमितसँगै कुल संख्या ८२ पुगेको छ । संक्रमितहरु नेपालगञ्ज ८ का तीन पुरुष र चार महिलाहरु हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षणका क्रममा पत्ता लागेको छ ।

सबै संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्