Logo

प्रधानमन्त्री ओलीसँग भेटेका झलनाथ भन्छन् : ‘प्रधानमन्त्री आज गम्भिर र तनाव मुद्रामा देखिनुहुन्थ्यो’



काठमाडौं, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे छलफल भएको उनको भनाई छ । तर, उनले प्रधानमन्त्री ओली आज तनावमा र गम्भिर मुद्रामा देखिएको पनि जानकारी दिए । उनले भेटवार्ताबारे सुनाए,”प्रधानमन्त्रीजी आज तनावमा र अलिक बढि नै सिरियश देखिनुहुन्थ्यो ।”

आफूले भेटवार्तामा पार्टीको निर्देशन र विधिलाई मानेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको पनि खनालले सुनाए । उनले भने,”मैले त उहाँलाई पार्टीको निर्णय मान्नुहोस् । पार्टीलाई एकताबद्ध र बलियो बनाउने काममा लाग्नुहोस् । संगठित बनाउने कामममा लाग्नुहोस् । यसले तपाईलाई फाईदा हुन्छ । सरकारलाई पनि प्रभावकारी बनाउने काम गर्नुहोस भनेर आग्ह गरें । यसमा नै तपाईको उच्च सम्मान हुन्छ ।”

त्यस्तै, आफूले पार्टीको निर्णय एक व्यक्ति, एक पद मानेर जानको लागि ओलीसँग आग्रह गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले भने, “पार्टीको हितको लागि काम गर्नुहोस भनेको छु । जे मापदण्ड बनाउँछ त्यसलाई आत्मासात गर्नुहोस भनेको छु । उहाँले पार्टीको नीतिलाई आत्मसात गर्नुपर्छ । तर, प्रधानमन्त्री ओलीले एक व्यक्ति, एक पदको बारेमा कुरा गर्दा कुनै प्रतिक्रिया नदिएको उनको भनाई छ । खनालले भने-“उहाँ के कारणले तनावमा हुनुहुन्थ्यो मलाई थाहा भएन् । तर, मैले चाहीँ उहाँलाई पार्टीको निर्णय मानेर जाँदा सबैको हित हुन्छ भनेको छु । राम्रो वार्तालाप भएको छ ।”



प्रतिक्रिया दिनुहोस्