Logo

चिनियाँ अनुदानको पालमा बस्दै भारतसँगको सीमामा कठिन गस्ती (भिडियोसहित)



इटहरी, २५ वैशाख । भारतसँगको सीमामा सुरक्षा गस्ती बढाउनुपर्ने चुनौतीका कारण सशस्त्र प्रहरी बल ठूलो संख्यामा तैनाथ छन् ।

लकडाउनका कारण बोर्डर शिल गरिएकाले सशस्त्रको जिम्मेवारी पनि बढी छ । तर, उनीहरुसँग साधन र स्रोतको कमी छ ।

यहाँ भिडियोमा सशस्त्र प्रहरी बल सीमामा गस्ती गरिरहेका छन् । आँधीबेहरी र भारी वर्षापछि उनीहरुले पाल हाल्न खोजे । तर, आँधीले पाल हाल्नै कठिन देखियो ।

पाल चिनियाँ अनुदानबाट प्राप्त हो । त्यही पालभित्र उनीहरु रात बिताउन बाध्य छन् । नेपाल भारत सीमामा सशस्त्र प्रहरीहरुको यस्तै पीडाहरु छन् ।



प्रतिक्रिया दिनुहोस्