Logo

कैलालीः पाँचौ संक्रमित महिला ३५ दिनपछि कोरोनालाई जितेर घर फर्किन



कैलाली, बैशाख २६ । धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनको अस्पताल बसाई पछि अस्पतालबाट डिस्चार्ज भएकी छन । धनगढिस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी उनको दुई पटकसम्म गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय ति महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिदै आएको थियो ।

उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्।



प्रतिक्रिया दिनुहोस्