Logo

कोरोना संक्रमित बढे, संख्या १०२ पुग्यो



काठमाडौं, २६ वैशाख । आज नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । नेपालगञ्जका १६ वर्षीय युवक नयाँ कोरोना भाइरसका संक्रमित हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थपिएका संक्रमितको नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा संक्रमण फेला पत्ता लागेको हो । योसँगै संक्रमित संख्या १०२ पुगेको छ ।

कुल संक्रमितमध्ये ७४ पुरुष र २८ महिला छन् । कुल ७२ जना संक्रमित उपचाररत छन् । ३० जना डिस्चार्ज भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्