Logo

सोमबार थप १० जनामा भेटियो कोरोना, संक्रमितको संख्या १२० पुग्यो



काठमाडौं, बैशाख २९ । नेपालमा सोमबार थप १० जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ । प्राप्त जानकारी अनुसार कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। आज फेला परेका नयाँ संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । आज फेला परेको कोरोना संक्रमित सबै कपिलवस्तु यशोधरा गाँउपालिका–५ र बुद्वभुमि नगरपालिका–७, र १० नम्बरका रहेका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु १८, १९, २०, २२, २४, ३०, ३१ र दुई जना ३४ बर्षका पुरुष रहेका छन् । संक्रमित मध्ये एक जना उमेर नखुलाइएका पुरुषसमेत रहेको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ अवस्था सामान्य रहेको तथा उनीहरु सबै स्वास्थकर्मीको सम्पर्कमा रहेको समेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्