Logo

सिमा सम्बन्धि विवाद अन्तर्राष्ट्रियकरण गर्न सजिलो छैनः सरिता गिरी



काठमाडौं, बैशाख २९ । जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले नेपालको सिमा सम्वन्धी विवादलाई अन्तर्राष्ट्रियकरण गर्न कठिन भएको बताएकी छन् । ‘अन्तर्राष्टियकरण गर्न सजिलो छैन, प्रक्रिया धेरै लामो छ, त्यसैले समय पनि लाग्छ, उनले बताइन् ।

नेतृ गरिले अन्तर्राष्ट्रियकरण गर्ने विषयमा धेरै मानिसले कुरा नै नबुझेको दावीसमेत गरेकी छन्। उनले संसदीय समितिले नक्शा सार्वजनिक गर्न दिएको निर्देशनलाई सरकारले वेवास्ता गर्नु रहस्यमय भएको टिप्पणी गरिन्् ।

भूमि व्यवस्था मन्त्रालयका अधिकारीहरुले भारतले सहमती जनाएपछि मात्रै नक्शा सार्वजनिक गर्न सकिने बताएर अचम्मित पारेको उनको भनाई छ । नेतृ गिरीले भनिन् ‘संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा मन्त्रालयका सचिवले भारतले सहमती नजनाउदासम्म सरकारले नक्शा बनाउन नमिल्ने बताउनु भयो, मलाई अचम्म लाग्यो ।’

सिमाना र नक्शाका बारेमा विवाद भएकाले नै नक्शा सार्वजनिक गर्न माग गरिएको बताउदै उनले विवादित विषयमा भारतले कसरी सहमती जनाउछ भन्दै प्रश्न गरिन् ।

नेपालको सिमानामाथी दुवै छिमेकी मुलुकले हस्तक्षेप गरेकाले भारत र चीन दुवैसँग वार्ता गर्नु पर्नेमा नेतृ गिरीको जोड रहेको छ ।
पछिल्लो घटनाका बारेमा दुवैलाई पत्राचार गरिएकोमा भारतले जवाफ त दिएपनि चीनले भने कुनै जवाफ नदिनु अर्को रहस्यम भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्