Logo

वीरगञ्जका दुई जना पत्रकारमा कोरोना सङ्क्रमण



काठमाडौँ, ३१ वैशाख । मङ्गलबार एकै दिन पर्साको वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएकामध्ये दुईजना पत्रकार रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले मंगलबार देखिएका मध्ये दुई जना पत्रकार रहेको र रिपोर्ट आईसकेकोमा अन्य पत्रकारहरु पनि छन् कि भनेर खोजिँदै गरेको बताएका छन् । वीरगञ्जबाट प्रसारित एक एफएममा कार्यरत पत्रकार र एक जना समाचार अनलाईन पोर्टलमा कार्यरत पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताएका छन् ।

वीरगञ्जका पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले दुरव्यवहार गरेको विरोधमा वीरगञ्ज भरीका पत्रकारहरू सोमबार र मंगलबार वीरगञ्जको घण्टाघरमा धर्ना दिएका थिए भने मंगलबार नै पत्रकारहरुको टोलिले धर्नापछि जिल्ला प्रशासन कार्यालय पर्सामा गई पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

धर्ना दिँदा र ज्ञापनपत्र बुझाउँदा संक्रमण देखिएका दुवै जना पत्रकारहरू पनि सहभागी रहेकाले वीरगञ्जमा सबै पत्रकारहरू त्रसित भएको बताइएको छ । एकैदिन ३९ जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्