Logo

भीम रावलको सुरक्षामा खटिएका सशस्त्र जवानमा कोरोना पुष्टि, सिंहदरबार गए कि गएनन?



काठमाडौं, बैशाख ३१ । मंगलबार राजधानीमा भेटिएका संक्रमित मध्ये एक जना पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुल्न आएको छ ।

ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा अस्थायीरुपमा बस्दै आएका थिए।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती जवान टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार ती जवान उपत्यका बाहिर नगएको र उनमा संक्रमण कसरी भयो भन्नेबारे अनुसन्धान थालिएको छ । उनी सिंह दरबार छिरेका थिए कि थिएनन् भन्नेबारे जानकारी आउन बाँकि छ ।



प्रतिक्रिया दिनुहोस्