Logo

थप २४ जनामा कोरोना सङ्क्रमण, कुल २४३ पुग्यो



काठमाडौँ, १ जेठ । पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजिटिभ भेटिएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप कोरोना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका १ पुरूष रहेका छन् । (पत्रपत्रिकाबाट )



प्रतिक्रिया दिनुहोस्