Logo

भक्तपुरमा खतरा बढेसँगै उच्च सतर्कता



काठमाडौँ, १ जेठ । भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) विस्तार हुन सक्ने खतरा बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

भक्तपुरमा मङ्गलबार साँझ दुई जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि उच्च सतर्कता अपनाइँदै भक्तपुरको जिल्ला स्तरीय ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को बुधबार बसेको बैठकले अत्यावश्यकबाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।
अत्यावश्यक वस्तुबाहेक व्यापार, उद्योग, व्यवसाय सञ्चालनमा रोक लगाइएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले जानकारी दिएका छन् ।

भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यक बाहेकका व्यक्ति र सवारी साधनलाई निषेध गर्ने, भक्तपुरका चारवटै नगरपालिकाले क्वारेन्टाइन व्यवस्थित राख्ने, पालिकाका सबै वडाले आफ्नो वडामा बाहिरबाट आएका व्यक्तिको निगरानी राख्ने उक्त समितिले निर्णय गरेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्