Logo

कोरोना संक्रमितको संख्या दुई सय ५० पुग्यो



काठमाडौं, १ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । आज थप पाँच जनामा कोरोना भाइरस पुष्टि संगै सर्तकता बढाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा पाँच नयाँ संक्रमित फेला परेको बताएको छ । धानकौल न.पा निवासी ४५ वर्षिय पुरुष, धनुषा जनकपुर न.पा. र मिथिला न.पा.निवासी ४५ वर्षिय पुरुष र २० वर्षिय महिला, महोत्तरी जलेश्वर न.पा.र बलेवा न.पा. निवासी १६, ३५ वर्षिय पुरुषहरु रहेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्