Logo

कोराना भाइरसका संक्रमित थपिदै, स्वास्थ्य मन्त्रालयबाट केही बेरमै नयाँ अपडेट आउने



काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसको संक्रमित थपिने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयले केही बेरमै अपटेड दिएर थपिएका संक्रमितबारे जानकारी दिने भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतले केही बेरमा थपिएकाबारे जानकारी दिने जनाएको छ । यसअघि २५० जना संक्रमित संख्या भएको भनिएकोमा ५ जना पुरानै तथ्यांक जुधेको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म २४५ संक्रमित रहेका छन् । अब केही बेरमै नयाँ पत्ता लागेका संक्रमितबारे जानकारी आउनेछ ।



प्रतिक्रिया दिनुहोस्