Logo

अमेरिकामा कोरोना झन् भयावह, आउँदो हिउँदमा महामारी खतरनाक हुनसक्ने



एजेन्सी, २ जेठ । अमेरिकाका लागि आउँदो हिउँद इतिहासकै भयावह हुनसक्ने खतरा औल्याइएको छ । अमेरिकाका एकजना भ्याक्सिन विज्ञले यस्तो खतरा औल्याएका हुन् ।

अमेरिकी भ्याक्सिन विज्ञ रिक ब्राइटले अमेरिकाले अहिलेसम्म कहिले भोग्नुनपरेको भयावह अवस्था सन् २०२० को हिउँदमा भोग्नुपर्ने औल्याएका हुन् । उनले भने, अमेरिकाका लागि आउँदो हिउँद आधुनिक इतिहासकै कालो रात हुनसक्छ ।

रिक ब्राइट नेतृत्वको अमेरिकी एजेन्सीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न खोजिरहँदा पदबाट हटाइएको थियो । उनले कोरोना रोकथामबारे विषय उठाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट भएका थिए । उनलाई ट्रम्पले गम्भीर आरोप लगाएका थिए ।

ब्राइटले अमेरिकाको कोरोना भाइरसविरुद्ध अमेरिकाले पाउनसक्ने सफलताको ढोका बन्द हुन लागेको समेत बताए । उनले महामारी भयावह बन्ने र लम्बिनसक्ने खतरा औल्याए । राम्रो योजना नभएमा अमेरिकाको आधुनिक इतिहासमै २०२० को हिउँद ऋणु कालो हिउँद हुने बताए ।

अमेरिकामा कोरोना भाइरसबाट ८५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । न्युयोर्कमा मात्र २७ हजारको मृत्यु भइसकेको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्थालाई अझै त्यति गम्भीर नमानेको देखिदैछ ।-Photo credit: Agency



प्रतिक्रिया दिनुहोस्