Logo

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा विर्सिँदैछिन् अनिता



काठमाडौँ, २ जेठ । दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेनटाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पुर्याए लगत्तै जुम्ल्याहा शिशु जन्मिए ।

जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौं सन्तान हुन् । कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ । अहिले अनिता पनि दाङको तुलसीबाल अस्पतालको आइसोलेसन वार्डमा छन ।

तुलसीपुर उपमहानगरपालिकाकी ३५ वर्षीया अनिता यादवका छ दिनअघि जन्मिएका जुम्ल्याहा छोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यसअघि उनका दुई छोरी र दुई छोरा छन् । जुम्ल्याहा छोरीहरुको स्वास्थ्यमा सुधार आएको खबरले अनिताले सुत्केरीपूर्वको लामो तथा कष्टपूर्ण हिँडाई र त्यो अवस्थाको क्वारेन्टाइन बसाइका सबै पीडा विर्सिन थाल्नुभएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्