काठमाडौं, जेठ २ । भारतका विभिन्न सहरबाट फर्किएका र फर्किने तयारीमा रहेकाहरूलाई राख्न प्रदेश २ सरकारले सीमावर्ती पालिकाहरूमा क्वारेन्टिन निर्माणमा गर्दै छ । प्रदेश २ को सीमावर्ती ती ठाउँमा ठुलो क्षमताका क्वारेन्टिन निर्माण गरी भारतबाट आउने तयारीमा रहेकाहरूलाई राख्ने भएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने, ‘प्रदेशको सीमावर्ती क्षेत्रमा ठूलो क्षेत्रफलको क्वारेन्टिन निर्माण गर्दै छौं । भारतबाट ठूलो संख्यामा नेपालीहरू घर फर्किन थालेपछि उनीहरूलाई राख्न क्वारेन्टिन निर्माण गर्न लागिएको हो ।’
सीमावर्ती भारतीय सहर र दशगजासम्म आएर बसेका नेपालीलाई उद्धार गर्न सीमावर्ती क्षेत्रका पालिकाहरूले भएको क्वारेन्टिनको क्षमता बढाउँदै छन् । महोत्तरीको लजेश्वर नगरपालिकाले यहाँको क्याम्पसमा ३० शड्ढयाको क्वारेन्टिन निर्माण गरेको छ ।
बुधबार दिउँसोसम्म यहाँ ९ वटा शड्ढया खाली थिए । तर, अँध्यारो भएपछि पारिबाट आएका १७ जना थपिएकाले क्षमताभन्दा बढी मानिस भरिएका छन् । भारतले रेलसेवा सुचारु गरिदिएपछि घर फर्किने नेपालीको संख्या बढेको आजको नागरिक दैनिकमा खवर छ ।