Logo

मदन भण्डारीलाई षडयन्त्रपूर्वक मारिएको थियो !



जेठ ३, काठमाण्डौ । नेपालको इतिहासमा धेरै हत्याकाण्ड र दुर्घटनाहरु भए । तिमध्ये चर्चित र रहस्यमा रहेको महत्वपूर्ण दुर्घटना हो, दासढुंगा दुर्घटना । तत्कालिन नेकपा एमालेका जल्दाबल्दा महासचिव मदन भण्डारीको मृत्यु भएको उक्त घटना वास्तवमै दुर्घटना थियो वा षडयन्त्र थियो ? यसको जवाफ झैसम्म पनि रहस्यमै छ ।

घटनाको २७ वर्ष पूरा हुदैगर्दा दासढुंगा दुर्घटना हत्या हो या दुर्घटना आम नगरिक अझै अन्योलमा छन् । अहिले स्वार्गिय भण्डारीकी पत्नी विद्यादेवी भण्डारी दुइपटक मुलुकको राष्ट्रपति भइसकिन् । मदन भण्डारीका सहकर्मी केपी ओली दुइतिहाइ सरकारको शक्तिशाली प्रधानमन्त्री बनेका छन ।

नेकपा मालेका महासचिव सिपी मैनाली

तर यो बेला पनि दासढुंगाकाण्डको रहस्य सार्वजानिक गर्ने त कुरै छोडौँ, अनुसन्धानसमेत गरिएको छैन । एउटै जिपमा भएको ड्राईभर बांच्नु दुवै नेताको मृत्युु हुनु र फेरी ड्राईभरको लखेटी लखेटी अपरिचित व्यक्ति द्वारा हत्या गरिनुले यो घटना षड्यन्त्रपूर्ण नै भएको नेकपा मालेका महासिचव सिपी मैनालीको भनाई छ ।

त्यसो त घटना भएकै बेलादेखि पटक–पटक गरी विभिन्न समयमा ४ वटा आयोग पनि नबनेका होइनन । तर ति आयोगहरुले पनि फरक–फरक प्रतिवेदन सरकारलाई बुझाएका थिए । हालका प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला तत्कालिन एमालेका स्थायी कमिटि सदस्य थिए । उनको नेतृत्वमा पनि २०५० साल जेठ ६ गते गठन भएको छानविन आयोगले घटना दुर्घटना नभइ नियोजित रुपमै हत्या भएको निष्र्कष समेत निकाल्यो ।

बाचस्पति देवकोटा

तर पनि दोषी को हो र हत्याका कारण भने खुलाउन सकेनन । मदन भण्डारी र उक्त घटनालाई नकिजबाट नियालेका नेताहरु उक्त दुर्घटना षडयन्त्र नै भएको ठोकुवा गर्छन् । मदन भण्डारी दुर्घटनामा परेकै दिन उनीसँग कुराकानी गर्ने मौका पाएका नेकपाका नेता बाचस्पति देवकोटा पनि भण्डारीलाई देशी विदेशी शक्तिले हत्या गरेको आशंका गर्छन् ।

मदन भण्डारी तत्कालिन नेकपा एमालेका महासचिव भए पनि उनलाई सबै दलका सबै नेताहरुले आदर्श नेताको रुपमा लिन्छन् । भण्डारीको बक्तृत्वकलामा मिठास मात्रै थिएन, राष्ट्रियताको पहाड नै भेटिन्थ्यो । भण्डारीले सृजना गरेको जनताको बहुदलीय जनवादलाई एमालेले धरै वर्षसम्म अंगाल्यो ।

अहिले एक भएपछिको नेकपाले भने भण्डारीको जनताको बहुदलीय जनवादलाई छोड्ने कि अंगाल्ने भन्ने बहस गरिरहेको छ । घटना क्रम जे जस्तो भए पनि भण्डारीको मृत्युको कारण सार्वजनिक होस् भन्ने चाहना अझै पनि नेपाली जनताले गरिरहेका छन् । यसतर्फ सरकारको ध्यान जाओस् ।



प्रतिक्रिया दिनुहोस्