Logo

मृतक महिलाको अन्त्येष्टी दोस्रो रिपोर्ट नआउँदै सुरक्षा निकायबाट पशुपतीस्थित शवदाह गृहमा गरिने



काठमाडौं, जेठ ३। बिहीबार राती धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया सुत्केरीको शव दास्रो रिपोर्ट नआउदै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिने भएको छ।

धुलिखेल अस्पतालमा मृतकको आरडिटि र पिसिआर रिर्पोट पोजेटिभ आए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग महाशाखामा भइरहेको परिक्षणको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाईसकेको छ । स्वास्थ मन्त्रालयले उनको दास्रो परिक्षणको रिपोर्ट यो समाचार तयार पार्दा सम्म सार्वजनिक गर्न सकेको छैन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ की २९ वर्षीया सुत्केरी कोरोना संक्रमित भएर मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको टोली शनिबार धुलिखेल अस्पतालमा पुगेर छलफलसमेत गरेको थियो । शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत छलफल पश्चात मृतक महिलाको गाँउ सिल गर्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र पहरीलाई निर्देशन दिइसकेको छ ।

मृतक महिलाका श्रीमान, सासु तथा नन्दको समेत स्वाव संकलन गरिएको छ । प्रहरी स्रोतका अनुसार मृतको शव अन्तिम संस्कारकोलागि शववाहनमार्फत पशुपतिमा रहेको विद्युतिय शवदाह गृहमा ल्याउने तयारी भइरहेको छ । उनको अन्तिम संस्कारसमेत सुरक्षा निकायबाट नै हुने जनाइएको छ ।

वैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर २४ गते नर्मल डेलिभरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन । घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि परिवारले उनलाई धुलिखेल अस्पतालमा ल्याइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्