(अपडेट : जेठ ४ गते राति १:३० बजे)
जेठ ४, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ११ हजार २ सय ९७ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबार राति २ बजेसम्मको रिपोर्टअनुसार ८९ हजार २ सय ६१ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १५ लाख नाघेको छ । शनिबार अमेरिकामा ७ सय ५४ जनाको मृृृृृत्यु भएको छ ।
उता, बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार ४ सय ६६ पुगेको छ । संक्रमितको संख्या २ लाख ४० हजार १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनाको मृृत्यु भएको छ ।
कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय ४१ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार २ सय १९ जना उपचारपछि निको भइसकेका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । अहिले ८९ जनाको उपचार भइरहेको छ ।
चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।
इटलीमा शनिबार १ सय ५३ जनाको मृत्यु हुँँदा त्यहाँ कुल ३१ हजार ७ सय ६३ जनाको मृत्युु भएको छ ।
स्पेनमा शनिबार १ सय ४ जनाको मृत्यु हुँदा कुल २७ हजार ५ सय ६३ पुगेको छ ।
फ्रान्समा शनिबार ९६ जनाको मृृृत्युु हुँदा कुुुल मृृतकको संख्या २७ हजार ६ सय २५ पुगेको छ । फ्रान्समा १ लाख ७९ हजार ५ सय संक्रमित छन् ।
छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ११८ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ९० हजार ६ सय नाघेको छ । यो संंख्या चीनको भन्दा धेेरैै हो । संक्रमितको सुुुचीमा भारत ११ अौँ स्थानमा उक्लिएको छ ।
ब्राजिलमा १५ हजार ४६ जनाको मृत्यु भएको छ भने २ लाख २२ हजार ८ सय संक्रमित छन् ।
बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ९ हजार ५ को मृत्यु भइसकेको छ ।
यस्तै जर्मनीमा १ लाख ७५ हजार ९ सय संक्रमित हुनुका साथै ८ हजार २ को मृत्यु भएको छ ।
इरानमा १ लाख १८ हजार ३ सय संक्रमित छन् । साथै ६ हजार ९ सय ३७ को मृत्यु भएको छ ।
रुसमा पनि २ लाख ७२ हजार जना संक्रमित भइसकेका छन् भने २ हजार ५ सय ३७ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुसमा ९ हजार २ सय संंक्रमित थपिए ।
सबैभन्दा बढी प्रभावित देशहरु :
नेदरल्याण्ड – ५६७०
टर्की – ४०९६
क्यानडा – ५६७७
स्विडेन – ३६७४
स्विजरल्याण्ड – १८७९
मेक्सिको – ४७६७
इक्वेडर – २५९४
आयरल्याण्ड – १५३३
पेरु – २५२३
पोर्चुगल – १२०३
रोमानिया – १०९४
इण्डोनेसिया- १०८९
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १३ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ४६ लाख ९५ हजार संक्रमित भएका छन् ।
संक्रमितमध्ये करिब १८ लाख २ हजार जना निको भएका छन् । उपचाररत करिब २५ लाख ७९ हजारमध्ये ४४ हजार ७ सय ५५ जनाको अवस्था भने चिन्ताजनक छ ।