Logo

सोमबार ९ जना कोरोना संक्रमित थपिए



काठमाडौं, जेठ ५ । सोमबार रौतहट र बारामा नौ जना कोरोना संक्रमित थपिएका छन् ।

आज फेला परेको नयाँ संक्रमितहरु मध्ये रौतहटको इशनाथ नगरपालिकाका ८ जना र बाराको करैयामाईमा एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या तीन सय चार जना पुगेको छ । हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्