Logo

उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउनको मोडालिटी लगायतका विषयमा केन्द्रित



काठमाडौं, ६ जेठ ।लकडाउनको मोडालिटी परिवर्तन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटी सरकारले गृहकार्य अघि बढाएको छ । यसबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्दैछ ।

लकडाउनकै बीचमा कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि छलफल भइरहेको छ । विदेशबाट ल्याएर क्वारेन्टाइनमा राख्नेबारे गत आइतबारको मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो ।

साथै लकडाउनका केही मोडालिटी हेरफेरसम्बन्धि अधिकार समितिलाई मन्त्रिपरिषद्ले दिएको छ। त्यसबारे पनि आज केही निर्णय हुने सम्भावना छ ।दृष्टि File Photo



प्रतिक्रिया दिनुहोस्