Logo

२७ कोरोना भाइरसका संक्रमित थपिएपछि कुल संख्या ४०२ पुग्यो



काठमाडौं, ६ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या फेरि बढेको छ । आज २७ जना संक्रमित बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले जानकारी दिएका छन् ।

संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेको जानकारी दिए । सबैभन्दा बढी आज झापामा ९ र कपिलवस्तुमा ४ जना थपिएका छन् ।

काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् । ३६ वटा जिल्लामा संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस्