Logo

काठमाडौंमा फेला परेका संक्रमितहरु छापाखाना, सेक्युरिटी गार्ड र मजदुरीको काम गर्ने



काठमाडौं, जेठ ६ । मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु मध्ये एक जना बागबजारस्थित छापाखानामा काम गर्दे आएको पाइएको छ ।

त्यस्तै, दोस्रो संक्रमित क्यापिटल सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेको बुझिएकाो छ । अर्काे तेस्रो व्यक्ति भने मजदुर रहेको स्रोतले जानकारी दिएको छ ।

उनी केहि दिन पहिले लकडाउनकै दौरान रौतहटबाट काठमाडौं आएको पाइएको छ । संक्रमितहरु सबैको काठमाडौंस्थित ठेगाना रिपोर्टस क्लब नेपालले यसअघिका समाचारहरुमा सार्वजनिक गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्