एजेन्सी, ७ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख २५ हजार नाघिसकेको छ ।
प्रत्येक दिन एक लाखको हाराहारीमा संक्रमित संख्या बढिरहेको छ । वल्डोमिटरस्का अनुसार अनुसार विश्वभर कोभिड १९ भएकाहरु ५० लाख २ हजार ४ सय ५४ छ ।
सबैभन्दा बढी अमेरिकामा १५ लाख ७० हजार संक्रमित र मृतक संख्या ९३ हजार ५ सय पुगेको छ । दोस्रो स्थानमा रुस रहेको छ । त्यहाँ ३ लाख ८ हजार संक्रमित र मृतक संख्या ३ सय नजिक छ ।
स्पेनमा २ लाख ७८ हजार पुगेको छ । कोरोना रोकथामलाई बेवास्ता गर्दा ब्राजिल अहिले चौंथो स्थानमा पुगिसकेका छन् । त्यहाँ २ लाख ७१ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये मृतक संख्या २७ हजार ७ सय पुगेको छ ।
बेलायमा २ लाख ४८ हजार, इटालीमा २ लाख २६ हजार पुग्दा भारतमा १ लाख ६ हजार पुगेको छ । त्यहाँ ३३ सयको संक्रमणबाट मृत्यु भएको छ । यसरी विश्वभर कोरोना भाइरसको महामारी भयावह बन्दैछ ।