Logo

कोरोना महामारी झन् भयावह, एकै दिन कोभिड-१९ का एक लाख ६ हजार संक्रमित बढे



एजेन्सी, ८ जेठ । बितेको २४ घन्टामा एक लाख कोरोना भाइरसका नयाँ संक्रमित बढेका छन् । विश्वभर कुल संक्रमित संख्या ५० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वभर नयाँ संक्रमित संख्या एकै दिन एक लाख ६ हजार बढेको जानकारी दिएको छ । सबैभन्दा बढी ब्राजिलमा २० हजार संक्रमित बढेका छन् । योसँगै ब्रोजिल विश्वमा सर्वाधिक संक्रमित संख्या भएका देशको सुचीमा तेस्रो स्थानमा उक्लिएको छ ।

ब्राजिलसहित अमेरिका, रुस र भारतमा एकैदिन किर्तिमान संक्रमित संख्या बढेको छ । यी चार देशमा वृद्धि संख्या विश्वका अन्य देशको वृद्धिको दुई तिहाई संख्या हो । योसँगै विश्वभर ५० लाख ८२ हजार संक्रमित संख्या पुगेको छ । संक्रमणबाट कुल मृतक संख्या ३ लाख २९ हजार पुगेको छ ।

रुसमा संक्रमित संख्या ३ लाख, ब्राजिलमा २ लाख ९३ हजार, स्पेनमा २ लाख ७९ हजार, बेलायतमा २ लाख ४८ हजार नाघेको छ । भारतमा १ लाख १२ हजार र पेरुपमा पनि १ लाख संख्या नाघेको छ ।



प्रतिक्रिया दिनुहोस्