
काठमाडौं, ९ जेठ । देशमा कोरोना भाइरसका संक्रमित फेरि थपिने भएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले अहिले केही समयपछि दिने बुझिएको छ ।
दैनिक ठुलो संख्यामा संक्रमित थपिरहँदा स्थिति निकै गम्भीर बन्दै गएको छ । आज विहान ३० जना थप संक्रमित पत्ता लागेपछि संक्रमित संख्या ४८७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितहरु चितवन, नवलपरासी, कपिलवस्तु, सर्लाहीलगायत जिल्लाका छन् । सबैभन्दा बढी कपिलवस्तु र सर्लाहीमा थपिएका छन् ।