काठमाडौं, जेठ १३। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार बिहान १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् ।
संक्रमितहरु वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका बासिन्दा हुँन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।