काठमाडौँ, १६ जेठ । जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ ।
भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले गरिएका छन् । उनीहरुको मङ्गलबार पिसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताएका छन् । “सोमबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ”, उनले भने, “उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।”
जिल्लास्तरीय एकीकृत क्वारेन्टिन निर्माण यहाँका आठवटै स्थानीय तहले गरेको प्राविधिक शिक्षालयमा १०० जनालाई राखिएको प्रशासनले जनाएको छ । पालिकाको एकीकृत क्वारेन्टिनमा शुरुमा निर्माण गरेको ४३६ श्ययाको क्वारेन्टिनलाई थप गरी एक हजार श्ययाको निर्माण गरिने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
यहाँका आठवटै स्थानीय तहले निर्माण गरेको कर्णाली प्रविधिक शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा भारतबाट दैनिक सयौँको सङ्ख्यामा जिल्ला भित्रिनेक्रम बढेकाले क्वारेन्टिन अहिले भरिभराउ छ । प्राविधिक शिक्षालयको क्वारेन्टिनमा १५६ र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टिनमा २८ बसिरहेका छन् । दैनिकरूपमा जिल्ला भित्रिनेको सङ्ख्या बढिरहेकाले क्वारेन्टिन व्यवस्थापनमा चुनौती थपिएको छ । (रासस)